लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

इंग्लिस प्रिमियर लिग 'इपीएल' को टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक

खेलकुद

इंग्लिस प्रिमियर लिग 'इपीएल' को टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक

सिजनको पहिलो खेलमा सविक विजेता आर्सनलले यसै सिजन बढुवा भएको कोभेन्ट्री सिटीको सामना गर्ने छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
इंग्लिस प्रिमियर लिग 'इपीएल' को टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक

एक्स्ट्रिम इनर्जी ड्रिंक कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुँने इंग्लिस प्रिमियर लिग इपीएल २०२६–२७ को टाइटल स्पोन्सर  बनेको छ । आज आयोजित एक कार्यक्रमबीच कान्तिपुर मिडिया ग्रुपका मार्केटिङ नायब महाप्रबन्धक सागर केसी र एक्स्ट्रिम इनर्जी ड्रिङक्सका बिसनेस हेड सोनिया रानाले सम्झौता  पत्रमा हस्ताक्षेर गरे । इपीएल  लगातार दोस्रो सिजन  कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुँन लागेको हो । 

खेलकुद गतिविधी प्रत्यक्ष प्रसारणमा कान्तिपुर म्याक्सको योगदान र इपीएलको लोकप्रियताका कारण यो सम्झैता गरिएको एक्स्ट्रिम इनर्जी ड्रिंकका  बिसनेस हेड सोनिया रानाले बताइन् ।  युरोपको सवाधिक लोकप्रीय फुटबल प्रतियोगिता ईपीएल विश्वकै सबैभन्दा बढी दर्शकले हेर्ने लिग समेत हो । प्रत्येक खेलमा औसत ४० हजारभन्दा बढी दर्शक रंगशालामा उपस्थित हुने गर्छन् भने विश्वव्यापी दर्शक संख्या औसतमा ४ दशमलब ७ बिलियन पुग्ने पर्छ । 

नेपालमा विशेष गरी युवा पुस्तामा ईपीएल अत्यन्तै लोकप्रिय छ र विभिन्न क्लबका आधिकारिक फ्यान क्लबहरूसमेत सक्रिय छन् । पछिल्लो सिजन आर्सनलले उपाधि जितेको थियो ।  इपीएल २०२६–२७ शुत्रबार रातिबाट सुरु हुँदै छ । सिजनको पहिलो खेलमा सविक विजेता आर्सनलले यसै सिजन बढुवा भएको कोभेन्ट्री सिटीको सामना गर्ने छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।