काठमाडौँ, ३० भदौः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव १९ अङ्कले बढेर ४६७ दशमलव ४५ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक तीन दशमलव ५६ अङ्कले बढेर १८१ दशमलव १३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक तीन दशमलव १३ अङ्कले बढेर १५७ दशमलव ९१ मा पुगेको छ ।
विभिन्न कम्पनीका दुई करोड तीन लाख ८७ हजार ४१३ कित्ता सेयर रु आठ अर्ब २९ करोड १७ हजार ११५ मूल्यमा खरिद बिक्री भएको छ । सबै उपसमूहमा सकारात्मक देखिएका छन् । कूल २६५ कम्पनीको सेयर बढ्यो भने १२ कम्पनीको सेयर घट्यो । त्यसैगरी एक कम्पनीको सेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैङ्क र मल्टिप्रपोज फाइनान्स कम्पनीलगायतका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट बैङ्क, केबिएल डिबेञ्चर बोटर्लस नेपाल बालाजुलगायत लगानीकर्ताले गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्