लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

बाढी पिडितलाई गरे प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले करिव ४१ लाख सहयोग

वित्त बजार

बाढी पिडितलाई गरे प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले करिव ४१ लाख सहयोग

न्युज बिहानी
न्युज बिहानी
Shares
बाढी पिडितलाई गरे  प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले  करिव  ४१ लाख सहयोग

भदौ २६ । भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहिन  भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको रु. ४० लाख ८० हजार ५० पचास प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेकोे छ ।

विपद्को यस कठिन घडिमा प्रभावित नागरिकको राहत उद्घार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकका संचालक तथा कर्मचारीहरुको तर्फबाट संकलित उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले अर्थमन्त्रीलाई अर्थ मन्त्रालयमा चेक हस्तान्तरण गर्नु भएकोे छ ।

यसअघि पनि बाढीबाट प्रभावित परिवारलाई राहत  उपलब्ध गराउने उद्देश्यले प्रभु बैंकले १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग जिल्ला प्रशासन कार्यालय,नुवाकोटमार्फ्mत प्रभावित परिवारलाई उपलब्ध गराइएको थियो । त्यसैगरी प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २ करोड ११ लाख ११ हजार १११ सय प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेक समेत हस्तान्तरण गरिएको छ ।

प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति प्रभु बैंक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै सम्पर्कविहिन नागरिकहरुहरुको शीघ्र उद्धार तथा घाइतेहरुको  स्वास्थ लाभको कामना गर्दै विपदबाट प्रभावित सम्पूर्ण  समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गर्दछौै । प्रभु बैंकले विपद्को यस कठिन घडिमा प्रभावित नागरिक तथा समुदायको  राहत उद्धार र पुनर्स्थापनाका प्रयासमा  आफ्नो सामाजिक उत्तरदायित्व लाई निरन्तरता दिने प्रतिबद्घता व्यक्त गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup