काठमाडौं — CG Electronics अन्तर्गत सञ्चालित CG Digital तथा LG Brandshop को वार्षिक ‘Retail Annual Meet 2082/83’ भदौ ५ गते काठमाडौंको बालकुमारीस्थित Harshah Batika मा सम्पन्न भएको छ। CG Electronics का Vice President S.C. Saboo को विशेष उपस्थितिमा आयोजित कार्यक्रममा कम्पनीको रिटेल नेटवर्कको वार्षिक उपलब्धिको समीक्षा गर्नुका साथै उत्कृष्ट प्रदर्शन गर्ने शोरुमहरूलाई सम्मान गरिएको थियो।
हाल CG Electronics अन्तर्गत देशभर २२ वटा CG Digital शोरुम र ६ वटा LG Brandshop गरी कुल २८ वटा रिटेल आउटलेट सञ्चालनमा रहेका छन्। यी शोरुममार्फत २०० भन्दा बढी कर्मचारीहरूले ग्राहकलाई बिक्री, उत्पादनसम्बन्धी परामर्श तथा सेवा प्रदान गर्दै आएका छन्।“One Team | One Vision | One Future” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा CG Digital तथा LG Brandshop का विभिन्न शोरुमका प्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा गत आर्थिक वर्षको व्यावसायिक उपलब्धि, रिटेल सञ्चालन, ग्राहक सेवा, भिजुअल मर्चेन्डाइजिङ तथा आगामी वर्षका योजना र लक्ष्यबारे छलफल गरिएको थियो। CG Electronics को रिटेल नेटवर्कमार्फत नेपाली उपभोक्तालाई Home Appliances, Home Entertainment तथा Mobile Phone का विविध विकल्प उपलब्ध गराइँदै आएको छ।
CG Digital तथा LG Brandshop मा LG, CG, TCL, Godrej, CG Meridia, Beko, Sensei, Midea, Crompton, Burly, Black+Decker, Kent, Elica, Goodsman, Nothing र Motorola लगायतका विभिन्न अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डका उत्पादनहरू उपलब्ध छन्। टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, किचन तथा साना घरेलु उपकरणदेखि स्मार्टफोनसम्मका उत्पादनमार्फत कम्पनीले ग्राहकलाई एउटै रिटेल नेटवर्कबाट विस्तृत इलेक्ट्रोनिक्स विकल्प उपलब्ध गराउँदै आएको छ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने शोरुमहरूलाई Retail Excellence Award प्रदान गरिएको थियो। Best Visual Merchandising Showroom Award अन्तर्गत LG Shoppe – Chabahil र CG Digital – Birgunj सम्मानित भएका छन्। शोरुमको प्रस्तुति, उत्पादन डिस्प्ले तथा समग्र भिजुअल मर्चेन्डाइजिङमा उत्कृष्टता कायम गरेको आधारमा उक्त सम्मान प्रदान गरिएको हो।
त्यस्तै, Best Profitable Showroom Award अन्तर्गत LG Shoppe – Chabahil र CG Digital – Bishalnagar सम्मानित भएका छन्। उत्कृष्ट व्यावसायिक प्रदर्शन तथा नाफामूलक सञ्चालनमा हासिल गरेको उपलब्धिका आधारमा ती शोरुमहरूलाई पुरस्कृत गरिएको हो। कार्यक्रममा S.C. Saboo, Vice President, CG Electronics ले रिटेल व्यवसायको सफलतामा शोरुम टिम तथा सम्पूर्ण कर्मचारीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई बधाई दिएका थिए।
साथै आगामी दिनमा ग्राहक अनुभव, सेवा गुणस्तर, रिटेल उत्कृष्टता तथा व्यावसायिक वृद्धिलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।वार्षिक भेटघाटले विभिन्न शोरुम तथा टिमबीच अनुभव आदानप्रदान, उत्कृष्ट अभ्यासको पहिचान तथा आगामी लक्ष्यप्रति साझा प्रतिबद्धता निर्माण गर्न सहयोग पुर्याएको CG Electronics ले जनाएको छ।
CG Electronics ले आगामी दिनमा पनि आफ्नो रिटेल नेटवर्कलाई थप प्रभावकारी बनाउँदै विभिन्न अग्रणी ब्रान्डका Home Appliances, Home Entertainment र Mobile Phone उत्पादनहरू सहज रूपमा उपलब्ध गराउने, ग्राहक अनुभवलाई थप सुदृढ बनाउने तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्ने लक्ष्यसहित अघि बढ्ने जनाएको छ साथै आगामी दिनमा CG Electronics ले CG Digital र LG Brandshop को रिटेल नेटवर्कलाई नेपालभर थप विस्तार गर्दै, देशका विभिन्न स्थानमा नयाँ स्टोर सञ्चालनमार्फत अझ धेरै ग्राहकसम्म पुग्ने योजना बनाएको छ।
यस विस्तारसँगै ग्राहकलाई विविध ब्रान्डका गुणस्तरीय उत्पादन, सहज किनमेल अनुभव, उत्पादनसम्बन्धी उचित परामर्श तथा भरपर्दो सेवा एकै स्थानबाट उपलब्ध गराउँदै आधुनिक र ग्राहक–केन्द्रित रिटेल अनुभवलाई देशभर सुदृढ बनाउने लक्ष्य कम्पनीको रहेको छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्